हङकङमा पक्राउ परेका ड्रग्स कारोवारी ५ नेपाली युवाहरुको मनोदशाबाट हङकङेली नेपाली समाजको चरित्र चित्रण चियाउन सकिन्छ । हङकङमा नेपालीहरुको डरलाग्दो आपराधिक संलग्नता चिन्ताजनक अवस्थामा छ ।
७ अक्टोबर २०१८
आईतवार नेपालीको घना बसोबास रहेको युङ्लोङबाट प्रहरीले ड्रग्स कारोवारी ५ नेपाली युवाहरुलाई पक्राउ गर्यो । २३–४५ बर्ष उमेर समूहका उनीहरुले पसल सन्चालन गरेरै ड्रग्स कारोवार गरिरहेको हङकङ प्रहरीले जनाएको भन्दै स्थानीय चिनिया सन्चारमाध्यमले जनाएकाछन् । ति ड्रग्स र धारिलो हतियार सहित पसलबाटै पक्राउ परेकाहुन् ।
३ बर्ष अघि मैले यसमाथि अनुसन्धान गरेकोथिंए । अनुसन्धानमा आधारित तलको आलेख पढेर हङकङको नेपाली समाजको चरित्र बुझ्न सघाउ पुर्याउने हुनाले यसलाई यहाँ पुनःप्रकाशन गरिएकोछ । यो मेरो ब्लग वाचडगनेपालमा छापिएकोथियो ।
३१ जुलाई २०१६, बिहान ५ बजे
क्विन एलिजावेथ अस्पतालको आकस्मिक कक्षमा कोखमा बेस्मरी समातेर ‘अईया मार्यो मार्यो ‘ भन्दै हस्याङफस्याङ गर्दे पुगेका करिब २७ बर्षीय युवाबारे सोधखोज गर्दा थाहा भो उनी पोखराका सुरज गुरुङ (नाम परिवर्तन) रहेछन् । साथीहरुले अस्पताल पुर्याएका गुरुङलाई बाँया कोखमा चक्कु हानिएकोथियो ।
एक प्रत्यक्षदर्शीका अनुसार, उनलाई जोर्डनमा बर्डडे पार्टी मनाईरहेको बखत विवादको क्रममा आफन्तले नै चक्कु हानेकाथिए । घाईते गुरुङ नेपाली समाजका चलतापुर्जा ‘दादा’ हुन् भनिएकोछ । उनलाई चक्कु हान्ने ब्यक्ति चाहिं शरणार्थी आवेदन दिई बसेका ब्यक्ति हुन् ।
३० जुलाई २०१६, बिहान ८ बजे
एकापसमा मारमार गरेका ११ जना युवालाई हुल बाँधेर आएका प्रहरीले समात्दै भ्यानमा हाली लगे । १६–२२ बर्षका यी युवा जोर्डन साँघाई स्ट्रिट स्थित एक भट्टीमा रक्सी खाएर लडालड गरेकाथिए । जोर्डन साँघाई स्ट्रिट १७५ र १८५ नम्बरको बिल्डिङबाट नियन्त्रणमा लिईएका यी चाहिं हङकङ आइडीधारक नेपाली थिए ।
स्थानीय संचारमाध्यममा आएको समाचारको भिडीयो यहाँ छ
२९ जुलाई २०१६, प्रहरीले चिमसासुई स्थित विभिन्न अड्डामा ७ जना भारतीयलाई रंगेहात पक्राउ गर्यो । चिमसासुईका २३ ए लोक रोड र ५३–५५ हाइफोङ रोडमा रहेका अड्डामा ड्रग कारोवारी यी युवाहरुलाई बिहान ४ बजे छापा मारी समातिएकोथियो ।
शरणार्थी आवेदन दिई बसेका यी २३–३८ बर्षका युवाहरु थिए ।
स्थानीय संचारमाध्यममा आएको समाचारको भिडीयो यहाँ छ
केहि महिना यता यस्तो दिन छैन जुन दिन नेपाली लगायत दक्षिण एशियाली मान्छेहरुको संलग्नतामा भैरहेका केहि न केहि नकारात्मक समाचार सुन्न नपरेको होस् । शहरमा अवैध बाटाबाट छिरेर बढ्दै गैरहेका ‘शरणार्थी‘ हरुको अपराधको प्रकृति त झन डरलाग्दो देखिन्छ । गएको फेब्रुअरीमा सार्वजनिक यातायात एमटिआर स्टेशनमा तरवार र चक्कु हानाहान गरि भएको हिंसक लडाईले हङकङलाई नै आतँकित पारेकोथियो । जोर्डनको स्टेशनमा त्यसरी ‘ग्याङफाईट’ गर्ने भारतीय ‘शरणार्थी‘ थिए ।

त्यो घट्नापछि साउथ चाईना मर्निङ पोस्टका बरिष्ठ सम्पादक योन्डेन हातुले २३ फेब्रुअरी २०१६ मा लेखे, – “हङकङ सधैं संगठित अपराधीको अड्डा रहदैं आएकोछ । तर पछिल्लो समय जसरी दक्षिण एशियाली ग्याङ सार्वजनिक स्थलहरुमा हिंसक लडाई लडिरहेकाछन्, त्यस्तो यसअघि कहिल्यै देखिएको थिएन । हो, स्थानीय चाईनीज ग्याङ पनि लड्थे तर तिनले जनतालाई कहिल्यै यसरी आतँकित पारेनन् । उनीहरु नाईट क्लब, भीड नभएका स्थानमा र सर्वसाधारणलाई असर नपार्नेगरि लड्थे ।’ उनले आश्चर्य ब्यक्त गरेकाछन्, ‘हैन हङकङमा किन र के कारण यस्तो हिंसक झडप भैरहेकाछन् रु ”
त्यस लेखमा दुईटा तथ्यमाथि गम्भीर रुपमा प्रश्न गरिएकोछ । लेखकले सम्झेकाछन्, कुनैबेला (उनले १९९७ अघिको कुरा उठाउन खोजेका हुन) नेपालीले हङकङमा सम्माजनक नागरिकको रुपमा आफ्नो छवि उजिल्याएकाथिए । अधिकांश ति गोर्खाका सन्तान भएकोले उनीहरुको स्तर सम्मानजनक थियो । तर पछिल्लो समय बेलायती सेना फर्किएपछि गोर्खाको सन्तानका आईडी किनेर हङकङ छिरेका नेपालीहरुले त्यो छवि ‘ध्वस्त’ बनाए ।
उनले भारतीयहरुलाई पनि त्यहि भनेकाछन् । बेलायतीकालमा भारतीयहरु जसरी सम्मानजनक बस्थे पछिल्लो समय बढेका ‘शरणार्थी‘हरु ड्रग्स ओसारपसार गर्ने र मसल्ज धन्दामा संलग्न भएकोले तिनले समस्या उत्पन्न गरेकाछन् । भारतीयहरुको अपराधको श्रृखंला बढ्न थालेपछि उनीहरुलाई पनि नेपालीलाई झैं भिसा बन्द गरिनुपर्ने माग उठेकोथियो । तर चीनसंग ब्यापारिक सम्बन्ध र हङकङमा हस्तक्षेप गर्न सक्ने भारतीय मुलका हङकङेलीहरुको कारण भारतीय सरकारको कुटनीतिक दवावका अगाडि हङकङ सरकारले यस्तो निर्णय पारित गराउन चाहिं सकेकोछैन ।
हङकङ प्रहरीको तथ्याँक अनुसार, सन २०१५ मा ६६,४३९ अपराधिक घट्ना दर्ता गरिएकोथियो । बिभिन्न अपराधमा संलग्न ३७,००० जना पक्राउ परेकाथिए । यो तथ्याँकमा नेपाली लगायतका दक्षिणएशियाली समुदायको संलग्नता सानो छैन । सन २०१४ मा मात्र ४०१६ जना एथ्निक (हङकङमा गैरचिनियाहरुलाई एथ्निक समुदाय भनिन्छ) समुदायका युवाहरु विभिन्न अपराधमा हङकङ प्रहरीको नियन्त्रणमा पुगेकाछन् । जबकि सन २००५ मा ३१९७ जना प्रहरी नियन्त्रणमा परेको देखिन्छ । यसले एथ्निक समुदायका युवाहरुको अपराधमा संलग्नता हरेक बर्ष बढ्दै गैरहेको देखिन्छ ।
तथ्याँकलाई मसिनो गरि केलाउने हो भने अवस्था चिन्ताजनक देखिन्छ । कम उमेरका बच्चाहरु समेत अपराधिक गतिविधिमा समातिएकाछन् । सन २००५ मा ७५ जना १०–१५ बर्षका उमेरका समातिएकोमा यो बढेर २०१४ मा १५२ जना पुगेकाछन् । त्यसैगरि १६–२० बर्षका तन्नेरीहरु २००५ मा १९८ जना समातिएकाथिए भने २०१४ मा आईपुग्दा यो संख्या २४२ देखिन्छ । रोचक के छ भने २१ बर्ष भन्दा माथि उमेरकाहरु नै बढी आपराधिक घट्नामा समातिएकाछन् । २००५ मा २९२७ जना यी उमेरका समातिएकाथिए । यो संख्या २०१४ मा आईपुग्दा ३६२२ पुगेकोछ ।
२०१४ मा भएका आपराधिक घटनाको विश्लेषण गर्ने हो भने समाजमा यस्ता ब्यक्तिको बढोत्तरीले खतरनाक संकेत गरिरहेको देखिन्छ । गम्भीर प्रकारका ड्रग्स सम्बन्धि अपराधमा लागेकाहरु २३७ जना देखिन्छ । हातहतियार सम्बन्धि घटनामा समातिएकाहरु ३०२ जना छन् । (बिस्तृत हेर्नोस चार्टमा)

पछिल्लो समय जुन मात्रामा गैरकानुनी रुपमा भित्रिएका ‘शरणार्थी‘ दावी गर्नेहरुको जनसंख्या बढिरहेकोछ उनीहरुको संलग्नतामा त्यति नै संगीन अपराध बढिरहेको देखिन्छ । अन्डरस्ट्याण्डिङ साउथ एशिया नामक पुस्तकका लेखिका लिशा ल्यूङको भनाईमा हङकङमा पछिल्लो समय बढिरहेका अबैधानिक आप्रवासीहरु चुनौतीको रुपमा देखिदै गैरहेकाछन् । तिनले सम्बन्धित समुदायका छवि बिगारिरहेकाछन् ।
लिसाको भनाईमा हङकङको स्थानीय समाजमा एउटा खासखुस चलेकोछ । यहाँका ‘दादा’ हरुले परिचालन गर्न भनेरै यस्ता अबैधानिक मान्छे भित्रयाउन थालिएकोहो । यसमा कतिको सत्यता छ तर सत्य के हो भने पछिल्ला समय ड्रग्स ओसारपसार गर्ने र चक्कु हान्नेहरुमा यहि जमातका मान्छेहरुको संलग्नता देखिन्छ ।
गैरकानुनी भट्टी
तपाईंले ध्यान दिनु भो भने हाम्रा नेपाली युवाहरुका भिडन्त स्थल जोर्डन, युङलोङ जस्ता सघन नेपाली बसोबास भएका गैरकानुनी भट्टीहरु हुन् । जोर्डनमा मात्र सयौंको संख्यामा यस्ता भट्टी सन्चालनमा छन् । यस्ता भट्टीमा खोलिएका जुवाघरमा के महिला के पुरुष सबै बसेर चौबिसै घन्टा तास खेलिरहेका भेटिन्छन् । यसबाट मनग्गे मुनाफा हुने हुँदा यस्ता गैरकानुनी काममा लाग्नेहरुको संख्या बढिरहेकाछन् ।
कुनै भट्टीलाई बार र डिस्कोको स्वरुप दिईएका हुन्छन् । एउटा फ्ल्याट लिई बनाइएको यस्ता डिस्कोघर छ्यास्छ्यास्ती खुलेकाछन् । मधुरो बत्तीमा गई त्यहाँ आउने केटाकेटीहरुको शिकार गर्ने र नशाको तालमा नाच्दानाच्दै झगडा गर्ने नेपाली , पाकिस्तानी युवाहरुका कारण बेलाबखत डरलाग्दा हिंसक झडप भएकाछन् ।
तपाईलाई स्मरण छ, ३ बर्षअघि युङलुङमा एकजना युवतीका निम्ति यस्तै भट्टीबाट प्रारम्भ भएको झगडाले नेपाली र पाकिस्तानी युवाबीच ग्याङ फाईट चल्दा एकजना लिम्बु युवा झन्डै मृत्युको आगोसमा पुगेकाथिए । मलाई याद छ, एमटिआर नजिक बस्ने उनलाई भेट्न जाँदा ति युवा र तिनका परिवार भयबाट बाहिर निस्कन सकेका थिएनन् । ति युवा अनाहकमा फसेंकाथिए ।
पछिल्लो समय प्रहरीले छापा मारि यस्ता भट्टी सन्चालकहरुलाई पक्राउ गरिरहेकोछ । रोचक के छ भने यस्ता भट्टी संचालन गर्न ‘शरणार्थी‘ हरुलाई आईडी दिई सहयोग गर्ने हाम्रै सामुदायिक नेताहरु छन् । गैरकानुनी रुपमा खुलेका यस्ता भट्टीहरुमा स्वभावतः काम गर्नेहरु पनि ‘शरणार्थी‘ हरु हुने गर्दछन् । पछिल्ला समय प्रहरीले समातेकाहरु यस्तै पृष्ठभूमीका पाईएकाछन् । (हेर्नुस् तस्वीर)
हामी नै धुत्त भएपछि
हङकङमा बस्ने नेपालीहरु रातदिन हड्डी घोटेर पैसा कमाईरहेका श्रमिक हुन् । उनीहरुसंग कुरा गर्ने हो भने तिनले आफ्ना बालबालिकाको भविष्यका निम्ति यस्तो दुख गरिरहेको तर्क दिने गरेकाछन् । तर ति आफै चाहिं ‘मरेर लानु के छ र लेट्स डू इन्ज्वाय’ भन्दै भटटी पसलहरुमा धुत्त भई समय ब्यय गरिरहेकाछन् । नशामा हराएपछि घरमा श्रीमान/श्रीमती र बालबच्चा के गरिरहेकाछन् र आफु जस्तै को संग ‘ कम अन डू चियर्स‘ गरिरहेकाछन् भन्ने हेक्का राखिएका हुदैंनन् । यसरी हाम्रो बच्चा, परिवार र सामाजिक गडबडी भैरहेका अनेकन उदाहरणहरु छन् । अनि, तिनै मान्छे साथीसंगीको भीडमा आई बुढा/बुढी बिग्रियो छोराछोरी पढेनन् भन्दै कुण्ठा पोखिरहेका भेटिन्छन् ।
एकजना भाषा अनुवादकको काम गरिरहेका युवाको अनुभव चाखलाग्दो छ । बुवाआमा काममा जाने र ढिलो घरमा आउने मौका छोपी तिनका १६ बर्षीय छोरीले आफ्नो ब्वायफ्रेन्डलाई घरमै बोलाई ’लेट्स डू इन्ज्वाय’ गर्दा रहेछन् । एकरात केटाकेटी आफ्नो छतमाथि रतिक्रिया गरिरहेको भिडीयो छिमेकी चाईनीजले खिचेर प्रहरीकहाँ पुर्याइदिएछ । प्रहरीकहाँ पुगेपछि केटीले आफुलाई केटाले जर्वदस्ती गरेको बयान दिईन । ति अनुवादक भन्छन्, ‘ भिडीयो हेर्दा सेक्स कोर्स नै केटीले ह्यान्डल गरेको देखिन्थ्यो । आमासंग प्रहरीले राय लियो । आमाले भिडीयो हेरेर ‘बलात्कार हैन’ भनि केटालाई बचाएकि थिइन ।’
अर्को एकजना अनुवादकको अनुभव पनि कम मर्माहत पार्ने खालको छैन । यहिं पढिरहेकि १७ बर्षिय केटीले सेभेन इलेभेनबाट चकलेट चोरेर निस्कन लाग्दै गर्दा समातिईन । उनलाई प्रहरीकहाँ पुर्याईयो । उनको बयानको आधारमा प्रहरीले सेङवान स्थित एउटा कोठामा छापा पार्न गयो । त्यहाँ आधा दर्जन समकालिन उमेरका केटाकेटी नशामा लठ्ठ परि बसिरहेकाथिए ।
उनीहरुको भनाईमा ति अधिंकाश घरमा भन्दा बढी समय भाडामा लिईएको त्यहि एउटा कोठामा बस्दै आईरहेकाथिए । नशा गर्न पैसा नपाएपछि ति पसलहरुबाट चोरेर ल्याईएका सामान चिमसासुईमा लगि बेचेर आफ्नो भोक मेटाउँथे । ति अनुवादक भन्छन्, ‘ ति तन्नेरीहरुले आफ्ना बाबाआमालाई ‘मा‘।।‘ गालीले सराप्दै यस्तो दुर्दशाको दोषी देखाएकाथिए ।’
प्रहरीले अपराधमा संलग्नहरुलाई समातिएका भिडीयोमाथि बडेमानका शब्दहरु लेखि उपदेश छाँट्दै त्यसलाई शेयर गर्नेहरु नै यस्ता गैरकानुनी भट्टीमा गै पार्टी र बैठक आयोजना गर्छन् । अनि सेल्फि खिचि सामाजिक संन्जालमा स-गर्व पोस्ट गर्छन् । आफैले गैरहकानुनी कार्यलाई प्रवर्धन गर्ने अनि माईक पाउनासाथ हङकङमा हाम्रो छवि बिग्रियो भन्दै हल्ला गर्नेहरु नै यस्ता अपराधका कच्चा पदार्थ हुन्।
सामाजिक कार्यक्रम गर्ने भन्दै स्पन्सर गर्दे आफन्तलाई हङकङमा ल्याई ‘शरणार्थी‘ बनाउने तथाकथित नेताहरुका कारण नेपाली छवि बिग्रिएको हो भन्ने यथार्थ लुकाउने र ‘जो चोर उसैको ठूलो स्वर‘ गर्ने हरुलाई खबरदारी गर्न नसक्ने हामी नै यस्ता अपराधलाई मलजल दिने कारक हौं । माथि उल्लेख गरिएको ३१ जुलाईका दिन चक्कु हान्ने युवालाई गैरकानुनी रुपमा भित्रयाउन कुनै न कुनै रुपमा घाईते हुने ब्यक्तिको पनि हात देखिन्छ । हामीले के बिर्सिएकाछौं भने ‘बदमास’ कहिल्यै आफ्ना हुदैंनन्, तिनलाई प्रश्रय दिईनुको अर्थ कालान्तरमा आफ्नै टाउकोमाथि बज्रपात बर्सनु हो भन्ने बिर्सिएकाछौं ।
रक्सी लिनु पार्टीमा इन्ज्वाय गर्नु कम गरौं भन्दा ‘रक्सी खाएर मान्छे बिग्रनेभए अमेरिकनहरु सबैभन्दा किन बढी नबिग्रिएका त रु‘ भनि कुतर्क दिने गरेकाछौं । प्रश्न त्यो होईन तपाईं के गरिरहनुभएकोछ के संस्कारलाई पछ्याईरहनुभएकोछ, त्यसको नजिकदेखि अध्ययन गर्ने नै तपाईंका बच्चाहरु हुन् । ति बोल्दैनन् तर मनन गरिरहेका हुन्छन् । उनीहरुका समय ब्यय गरेर तपाईं भट्टी, पार्टीहरुमा मस्त भैदिएपछि तिनले ड्रग्स लिएर आफ्नो किसिमले इन्जाय गरेर बिद्रोह गर्ने नै भए । माथिका कलिला केटाकेटीहरुले आफ्ना अभिभावकलाई अपशब्द प्रयोग गरेर अरुको सामुन्ने गाली गर्नुको पछाडी त्यहि ‘बदला’ प्रमुख कारण हो भन्न ठुलठुला अध्ययन गर्नै पर्देन । यहाँ दोहोर्याईरहन पर्देन, हङकङ सरकारको तथ्याँकले एथ्निक समुदायमा ड्रग्स सेवन गर्नेमा नेपाली समुदाय पहिलो नम्बरमा देखाउँछ ।
समाजमा भैरहेका पछिल्ला आपराधिक घटनाको बढोत्तरीमा कुनै न कुनै रुपमा हामी पनि भागिदारी छौं । त्यसैले सामाजिक संन्जालमा समातिएकाहरुलाई गाली गरेर मात्र तुष्टि नलिऔं, भडास ननिकालौं । घट्नालाई सतही रुपमा नहेरि कारणमा गहिरो पडताल गरौं । यस्ता अपराध कसरी नियन्त्रण गर्न सहयोग गर्न सकिन्छ – सोचौं र त्यसमा हातेमालो गरौं । त्यसले स्थानीयमा बिग्रिएको हाम्रो छवि सुधारिन मद्दत गर्नेछ ।
Very good