हाम्रोबारे

पाठकको आर्थिक सहयोगमा सन्चालित www.freepressnepal.com खोज पत्रकार जेवी पुन मगर (पुनको पत्रकारिताबारे यहाँ छhttps://freepressnepal.com/about-us/)

को नेतृत्वमा शुरु गरिएको नेपालको पहिलो ‘बिज्ञापन बिना’ को अनलाइन म्यागेजिन हो । www.freepressnepal.com मिडियालाई बजार र सत्ताको दवावबाट मुक्त राख्दै निर्भयतापूर्वक स्वतन्त्र पत्रकारिता गर्न चाहने सञ्चारकर्मीहरूको चौतारी हो ।

Free Press Nepal
खोजमूलक समाचार, तथ्य, तर्क र प्रवृत्तिको आधारमा गरिने विचार र विश्लेषण www.freepressnepal.com को विशेषता हुनेछ । ‘अपडेट’ का नाममा ‘ब्रेकिङ’ र ‘कोट’ रिपोर्टिङ हैन तथ्यपूर्ण समाचार यस म्यागेजिनको छनौट हुनेछ । यसमा मूलधारका मीडियामा नआउने /नल्याईने बिषयबस्तुहरुले प्राथमिकता पाउनेछ ।त्यसलाई मल्टिमिडिया फर्म्याटमा प्रस्तुत गर्ने यसको ध्येय रहनेछ ।
विज्ञापनको आवरणमा लगानी गरिएका र सत्ताद्धारा प्रायोजित समाचार र विचारबाट पाठकलाई दिग्भ्रमित पारिनु हुँदैन भन्ने चेत भएका र त्यसका विरुद्ध लड्न तम्तयार सञ्चारकर्मी यस चौतारीमा अटाउनेछन् । दवावमुक्त, सेन्सरसीपमुक्त र सेल्फ–सेन्सरसीपमुक्त समाचार तथा विचार सामग्री तपाईं समक्ष पु-याउने ध्येय लिएको www.freepressnepal.com पाठक,दर्शक र श्रोताको आर्थिक सहयोगबाट चलिरहेकोछ । हामी निश्चिन्त छौं, तपाईं यो अभियानमा फ्री प्रेस नेपालसंग जोडिन र स्वतन्त्रतापूर्वक पत्रकारिता गर्न आफ्नो गच्छेअनुसारको आर्थिक सहयोग गर्नुहुनेछ ।